राजनीति

भ्रष्टाचारको प्वाल नीति निर्माणमै छ : मुख्यमन्त्री पौडेल

तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नीति निर्माणमै भ्रष्टाचार रहेको बताएका छन् । भ्रष्टाचार नियन्त्रण सम्बन्धी मुख्यमन्त्री कार्यालयले सञ्चारकर्मीहरुसँग बिहीबार हेटौंडामा गरेको अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् । ऐन नियम मिलाएर संस्थागत रुपमा हुने भ्रष्टाचार नियन्त्रण नभएसम्म देश विकास नहुने उनको भनाई छ । त्यसको लागि निर्मम भएर सरकार...बाँकी

स्वदेश फर्किए प्रधानमन्त्री

संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा सहभागी भएर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन्। प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असोज ६ गते अमेरिका उडेका थिए। प्रधानमन्त्री ओली न्यूयोर्कमा राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनलाई सम्बोधन गरेर स्वदेश फर्किएका हुन्। प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उनका प्रमुख राजनीतिक...बाँकी

तीनै तहको सरकारबीच समन्वय नभए संघीयता धरापमा : मुख्यमन्त्री पौडेल

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले तीनवटै सरकारको समन्वय नभए संघीयता धरापमा पर्ने बताएका छन् । जिल्ला समन्वय समिति मकवानपुरले आयोजना गरेको तेस्रो जिल्ला सभा तथा वार्षिक समीक्षा बैठकलाई बिहीबार सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले तीनवटै सरकार एकआपसमा नमिलेसम्म मुलुक समृद्ध बन्न नसक्ने बताएका हुन् । हाल जिल्ला समन्वय समिति अधिकार...बाँकी

मकवानपुरका तत्कालिन एसपी खनालको निलम्बन फुकुवा

सुन काण्ड प्रकरणमा निलम्बनमा परेका मकवानपुरका तत्कालिन प्रहरी प्रमुख बिकासराज खनाल पुनः जागिरमा फर्कने भएका छन् । साढे ३३ किलोसहित ३८ क्विन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्यको हत्या प्रकरणका प्रतिवादी प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी र प्रहरी उपरीक्षक (एसपी) विकासराज खनालको निलम्बन फुकुवा भएको हो । सुन...बाँकी

जिल्ला युवा समितिका अध्यक्ष चौलागाई सम्मानित

जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सन्तोष चौँलागाईलाई सम्मान गरिएको छ । अहिंसाको पुजारीको रुपमा संसारभर चिनिएका माहात्मा गान्धीको १ सय ५० औँ जन्मोत्सव तथा अहिंसा दिवसको अवसरमा तुलसी मेहर मेमोरियल बोर्डिङ स्कुल तथा स्वामी विवेकानन्द एम्वेसी अफ इनडीया इन नेपालको आयोजना गरेको कार्यक्रमका अवसरमा उनलाई सम्मान गरिएको हो । युवाहरुलाई...बाँकी

स्थानीय पत्रपत्रिकाः प्रदेश र स्थानीय सरकारबीच दूरी बढ्दै, स्थानीय तहलाई अनुदान रोक्ने प्रदेश सरकारको चेतावनी

हेटौंडाबाट आज प्रकाशित दैनिक पत्रिकाले मंगलबार ३ नम्बर प्रदेशका स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सरकारका पदाधिकारीबीच भएको अन्तरक्रियाको प्रसङ्गलाई फरकफरक कोणबाट समाचार छापेका छन् , आजको हेटौंडा सन्देश दैनिकले ढुङ्गागिट्टी बालुवाको व्यवस्थापनमा प्रदेश ३ भन्ने शीर्षकमा समाचार छापेको छ । त्यस्तै आजको समृद्ध समाज दैनिकले ठेकेदारको भाषा नबोल्न जनप्रतिनिधिलाई मुख्यमन्त्री...बाँकी

कानुन नमाने अनुदान नदिइने मुख्यमन्त्रीको चेतावनी

  प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले बनाएको कानुनलाई कतिपय स्थानीय तहले मान्दिन भनिरहेको भन्दै त्यस्ता स्थानीय तहलाई अनुदान पनि नदिइने चेतावनी दिएका छन् । ३ नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार आयोजना नदीजन्य पदार्थको संकलन तथा व्यवस्थापन सम्बन्धमा गरिएको अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री पौडेलले भने ‘प्रदेश...बाँकी

बकैया ७ को कार्यालय हात्तीखोलाबाटै संचालन हुने

मकवानपुरको बकैया गाउँपालिकाको वडा नम्बर ७ को वडा कार्यालय संचालनका बिषयमा देखिएको समस्या समाधान भएको छ । सो वडाको कामकाज घमनटोलबाट संचालन भइरहेकोमा पछि हात्तीखोलाबाट कार्यालय संचालन गर्ने निर्णय भएपछि घमनटोलका स्थानीयहरु आन्दोलित भउका थिए । सोमबार गाउँपालिकाका अध्यक्ष दामोदर खनालको पहलमा हालका लागि हात्तीखोलाबाट नै कार्यालय संचालन गर्ने र...बाँकी