समाज

  पढनका लागि ४ घण्टा हिडेर

निशा गुरुङ् हेटौडाः  हेटौडामा पढनका लागि विद्यार्थीहरु ४ घन्टा हिडेर हेटांैडामा आउने जाने गरेका छन् । भीमफेदी गाउँपालिकाको सामरीवाट हेटौडा उपमहानगरपालिका—२ स्थित सिदार्थ माध्यमिक विद्यालयमा दैनिक २ घण्टा हिडेर पढन आउने र २ घण्टा पढेर जाने गरेका छन । पढनका लागि उनीहरु दैनिक चार घण्टा हिड्छन । सामरीवाट १५ जना...बाँकी

सल्यानका ४६ हजार घरधुरीमा सन्देशमूलक स्टिकर

हेटौंडाः सामाजिक अपराध घटाउन भन्दै सल्यानमा सन्देशमूलक स्टिकर अभियान सञ्चालन गरिएको छ। मानवीय सचेतनाको माध्यमबाट संस्कारयुक्त समाज विकास गर्ने लक्ष्यका साथ जिल्लाका ४६ हजार घरधुरीमा सन्देशमूलक स्टिकर अभियान सञ्चालन गरिएको हो। जिल्लाका १० वटै स्थानीय तहले सन्देशमूलक स्टिकर टाँस अभियान सञ्चालन गरेका छन्। चेतना, ज्ञानको कमी तथा सूचनाको कमिका कारण...बाँकी

बागमती प्रदेशसभामा अब सांसद र मन्त्रीबीच सवाल जवाफ

हेटौँडाः बागमती प्रदेशको प्रदेशसभामा नयाँ अभ्यास हुने भएको छ। प्रदेशसभाको आगमी वैठक माघ २७ गतेबाट बस्दै छ। आगामी बैठकबाट सरकार र सांसदबीच प्रश्‍नोत्तर कार्यक्रम हुने प्रदेशसभा सचिव रामशरण घिमिरेले बताए। संसदको प्रश्‍नोत्तरमा प्रदेशसभा सदस्यहरूले सरकारलाई प्रश्‍न सोध्ने सरकारका सम्बन्धित मन्त्री वा मुख्यमन्त्रीले जवाफ दिनेछन्। प्रदेशसभामा आफ्नो क्षेत्र, समसमायिक विषय र...बाँकी

भुजेल हत्या काण्ड : हत्यामा संग्लन सार्वजनिक

हेटौंडाः हेटौंडाको क्याम्पाडाँडामा मृत फेला परेकी अजिता भुजेलको हत्यामा सम्लग्नलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । हत्यामा सग्ंलन भएको भन्दै प्रहरीले हेटौंडा–११ बस्ने वर्ष २० एलिसा पाख्रिन, हेटौंडा–४ बस्ने वर्ष २४ को आशिष बल, हेटौंडा–१४ बस्ने वर्ष २१ बुद्ध लामा, हेटौंडा–९ बस्ने वर्ष १८...बाँकी

अबैध वालुवा प्रशोधन केन्द्र भत्काइए

हेटौँडा उपमहानगरपालिकाको चुरेक्षेत्रभित्र सञ्चालित अवैध १० वटा बालुवा प्रशोधन केन्द्र भत्काइएको छ । जिल्ला अनुगमन समितिले सोमबार हेटौँडाको कुखरेनीखोलामा नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा अनुगमन गर्ने क्रममा वडा नं ९ र १३ मा अवैधरूपमा सञ्चालित बालुवा प्रशोधन केन्द्र भत्काइएको हो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवं अनुगमन समितिका संयोजक...बाँकी

‘युवाको ऊर्जालाई समयमै सदुपयोग गरौँ’

हेटौंडाः सरोकारवालाहरूले नेपालसँग भएको युवाको ऊर्जालाई समयमै सदुपयोग गर्नका लागि सरकारलाई आग्रह गरेका छन्। जनसंख्याको अधिक बाहुल्यता रहेको नेपालले युवाहरूको प्रभावकारी परिचालनमार्फत मुलुकको आर्थिक–सामाजिक विकास गर्नुपर्नेमा उनीहरूले जोड दिएका हुन्। नेपाल उद्योग वाणिज्य महासंघले पोखरामा आयोजना गरिएको मुलुक निर्माणमा युवाहरूलाई प्रोत्साहन विषयक एक कार्यक्रममा सहभागीहरूले यस्तो धारणा व्‍यक्त गरेका हुन्।...बाँकी

ए डिभिजन लिगमा मनाङको अपराजित यात्रामा पूर्णविराम

हेटौंडाः शहीद स्मारक एु डिभिजन लिगमा साविक विजेता मनाङ मर्स्याङदी क्लबको अपराजित यात्रामा पूर्णविराम लागेको छ। आज पहिलो हार बेहोरेसँगै मनाङको उपाधि होडमा समेत धक्का लागेको छ। दशौं चरणको खेलमा मनाङलाई च्यासल युथ क्लबले २—० को गोल अन्तरले हार चखाउँदै स्तब्ध बनायो। एन्फा कम्प्लेक्स सातदोबाटोमा मनाङको अपराजित यात्रामा पूर्ण विराम...बाँकी

उपचारमा सहयोग पाए बाँच्ने थिएँ

कुमारी स्याङ्बो हेटौंडाः विगत लामो समय देखि मृगौला पीडित हेटाडौंका ११ का सुर्यबहादुर परियारले उपचारको लागि सहयोगको याचना गरेका छन् । लामो समय देखि मृगौलामा भएको खराबीका कारण दैनिक ज्याला मददुरी गरेर जीवन निर्वाह गर्नुपर्ने उनले उपचारको लागि पर्याप्त रकम जुटाउन सकेका छैनन् । आर्थिक अभावका कारण उनले उपचारमा समस्या...बाँकी