राजनीति

पाँच वर्षमा सरकारले किन्यो २४ अर्बका गाडी, सबैभन्दा धेरै खर्च रक्षा मन्त्रालयको 

नेपाल सरकारले पछिल्लो पाँच वर्षमा सवारी साधान खरिदमा २४ अर्ब भन्दा बढी खर्च गरेको छ। महालेखा नियन्त्रकको कार्यलयको तथ्याङ्कअनुसार सरकारले सावारी साधनमा २४ अर्ब ९ करोड ९९ लाख खर्च गरेको छ। सरकारले आर्थिक वर्ष २०७५/७६ मा मात्रै ५ अर्व ८३ करोड ८९ लाख खर्च गरेको छ। यो अघिल्लो वर्षको तुलनामा...बाँकी

मकवानपुरका ५ इन्स्पेक्टरको सरुवा

प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक सरुवाका क्रममा मकवानपुरका ५ जना इन्स्पेक्टरको पनि सरुवा भएका छन् । वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग नक्सालमा, इलाका प्रहरी कार्यालय भीमफेदीमा सन्तबहादुर लामाको महानगरीय प्रहरी बृत्त जनसेवा काठमाण्डौंमा सरुवा भएका हुन् । त्यस्तै इलाका प्रहरी कार्यालय...बाँकी

स्मार्ट लाइसेन्समा एमएसपीद्वारा फेरि धोका

मद्रास सेक्युरिटी प्रिन्टर्स (एमएसपी) ले स्मार्ट लाइसेन्स छपाइका लागि प्रयोग हुने लेजर बेस्ड मास प्रिन्टर सर्तबमोजिम तोकिएको समयमा उपलब्ध नगराएर सरकारलाई फेरि धोका दिएको छ। एमएसपीले मास प्रिन्टर खरिदका लागि ठेक्का सम्झौता भएको ६० दिन अर्थात् असार २९ गतेभित्र प्रिन्टर आपूर्ति गरिसक्नुपथ्र्याे तर भएन। विभागका कम्प्युटर निर्देशक श्रीचन्द्र शाहले एमएसपीले...बाँकी

कांग्रेस मकवानपुरद्वारा ईन्द्रशरोबर गाउँपालिकाका ३ मृतकका परिवारलाई ७५ हजार सहयोग

गत असारको अन्तिम शाता अविरल वर्षातपछि गएको बाढीपहिरोबाट मृत्यु भएका ईन्द्रशरोबर गाउँपालिकाका ३ मृतकका परिवारलाई नेपाली कांग्रेस जिल्ला कार्यसमिति मकवानपुरले बुधबार राहतस्वरूप ७५ हजार रुपियाँ सहयोग गरेको छ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले एक कार्यक्रमका बीच घरमै पुगेर राहतस्वरुप ३ मृतकका परिवारलाई ७५ हजार हस्तान्तरण गर्नुभएको हो...बाँकी

‘नेपालले भारतलाई भारतले नेपाललाई दोष दिएर कति दिन चल्छ ?’ : देउवा

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले बाढी र डुवानका बेला एकले अर्कालाई दोष दिएर मात्र समस्या समाधान नहुने बताएका छन् । संसदमा बाढी पहिरोबारे जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गर्दै उनले भारतको पनि केही समस्या भए नेपालले समाधान गर्नुपर्ने बताए । ‘नेपालले भारतलाई भारतले नेपाललाई दोष दिएर कति दिन चल्छ...बाँकी

नगरप्रमुखविरुद्ध चक्काजाममा उत्रिएका दुई वडाध्यक्षसहित ६ जना पक्राउ

खोटाङ हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईविरुद्ध चक्काजाममा उत्रिएका दुई वडाध्यक्षसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत असार ३१ गते आयोजित नगरसभाप्रति असन्तुष्टि जनाउँदै चरणबद्ध आन्दोलनमा उत्रिएका उनीहरुले आज बिहान आयोजना गरेको चक्काजाम गर्न खोजेका थिए । चक्काजाममा सहभागी वडा नं ५ दुर्छिमका वडाध्यक्ष रमेश तिवारी, वडा नं...बाँकी

हेटौंडामा फेरि वर्षा ! पिप्ले र गर्दोही डुबानको जोखिममा

हेटौंडा: हेटौंडा -५ पिप्ले मत्यपालन केन्द्रका वरपरका ४-५ घर डुबानको जोखिममा रहेको प्रहरीको भनाई छ । यस्तै हेटौंडा- ५ क्याम्पाडाँडामा पहिरो खस्दा चौघडा,मकवानपुर गढी हुँदै ग्रामीण क्षेत्रको सडक अवरुद्ध भएको छ । हेटौंडा हुँदै काठमाडौ जाने कान्तिलोकपथ बाहेक अन्य राजमार्ग भने संचालनमा रहेको छ । मंगलबार राति देखि परेको अविरल...बाँकी

६२ हजार भूकम्पपीडितको नाम लाभग्राहीको सूचीबाट हटाइयो

निजी आवास पुनर्निर्माणका लागि सम्झौता नगर्ने र पहिलो किस्ता नलिने ६२ हजार ८ सय जना भूकम्पपीडितको नाम लाभग्राहीको सूचीबाट हटाइएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गत असार २१ सम्म सम्झौता गर्न नआउने र असार मशान्तसम्म पहिलो किस्ता नलिनेहरुको नाम लाभग्राहीको सूचीबाटै हटाएको हो । प्राधिकरणका अनुसार लाभग्राहीको सूचीमा परे पनि...बाँकी