समाज

मकवानपुरमा एकजनाको शव फेला

मकवानपुरको माण्डु हाइड्रोपावरमा एक जनाको शव फेला परेको छ । भीमफेदी गाउँपालिका वडा नम्बर ८ मा रहेको माण्डु हाइड्रोपावरमा आज विहान एक पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । भीमफेदी प्रहरीका अनुसार, हाइड्रोपावरको पानी जम्मा गर्ने स्थानमा फोहर सफा गर्ने क्रममा बागमती खोलाले बगाई ल्याएको अवस्थामा...बाँकी

आजको मौसम

अहिले देशका अधिकांश भू–भागहरूमा समान्यदेखि पूर्ण बदली रहनुका साथै सबै प्रदेशहरूका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आगामी २४ घण्टामा देशका धेरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागको अनुमान छ। प्रदेश ५ , कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना देखिएको मौसम...बाँकी

हेटौंडा उपमहानगरपालिका र मनहरीको राजमार्ग क्षेत्रमा निषेधाज्ञा

जिल्ला सुरक्षा समिति मकवानपुरको वैठकले आजबाट साउन मसान्त सम्मका लागि निषेधाज्ञा जारी गरेको छ । गएराती १२ बजेबाट मकवानपुर प्रशासनले निसेधाज्ञा जारी गरेको हो । हेटौंडामा कोरोना संक्रमित एकै पटक वढ्न थालेपछी कमाण्ड पोष्टको बैठकको सिफारिसका आधारमा सुरक्षा समितिले हेटौंडा उपमहानगरपालिका क्षेत्रका १९ वटै वडा र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा...बाँकी

बागमती प्रदेशमा कोरोना संक्रमितको सख्या १८ सय नाघ्यो

बागमती प्रदेशमा हिजो एक दिनमा ५० जनामा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ। पहिलेको तुलनामा एकैदिन धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागमती प्रदेशमा विदेशबाट फर्कनेसंगै नेपालमै रहेकाहरुमा पनि कोरोना देखिएको छ । काठमाण्डौ उपत्यका छिर्ने नाकामा कोरोना परिक्षण गर्न थालिएपछी संक्रमित थपीएका हुन् । हाल सम्म बागमती...बाँकी

हेटौंडामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

हेटौडा उपमहानगरपालिका वडा नम्बर–११ थानाभर्याङमा सडकमा रोकीराखेको ट्रकलाई मोटरसाइकलले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । गएराती हेटौडा बाट चितवान तर्फ जादै ना ५ ख ५६७९ नम्बरको मोटरसाइकलले रोकिराखेको बा ९७ प ५४१३ नम्बरको ट्रकको पछाडि भागमा ठोक्किँदा चालक अजय बिश्वकर्माको मृत्यु भएको छ । मोटरसाइकलमा पछाडी वस्ने सवार...बाँकी

प्रदेश राजधानी हेटौंडामा निषेधाज्ञा जारी

बागमती प्रदेशको राजधानी रहेको हेटौंडा उपमहानगरपालिका र सँगै जोडिएको मनहरी गाउँपालिका स्थित पूर्व पश्चिम राजमार्ग आसपासको ५०० मिटर क्षेत्रमा सोमबार राती १२ बजेदेखि साउन ३२ गते राती १२ बजेसम्म जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा जारी गरेको छ । आज सोमबार दिउँसो बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार जिल्ला प्रशासन...बाँकी

सञ्चार क्षेत्रको उपेक्षा गरिएकामा नेकपा नेताहरुलाई ‘आत्मग्लानी’

निर्वाचनका बेला एक उम्मेदवार, एक पत्रकारको नारा दिएर परिचालन गरिएको संगठनलाई निर्वाचन सकिएपछि बेवास्ता गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका नेता र तीनै तहका सरकारप्रति प्रेस संगठन नेपाल सम्बद्ध पत्रकारले रोष ब्यक्त गरेका छन् । प्रतिनिधि सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बिरोधख खतिवडाले आयोजना गर्नु...बाँकी

शनिबार बागमती प्रदेशमा ८३ जनामा कोरोना पुष्टि

बागमती प्रदेशमा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिँदै गएको देखिएको छ । शनिबार प्रदेशमा थप ८३ जनामा कोरोना भाइरस संकमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशको १० जिल्लामा थप ८३ जनामा कोरोना पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । शुक्रबार प्रदेशको ६ जिल्लामा १ सय २१...बाँकी