समाज

निर्मला हत्याको दुई वर्ष : अनुसन्धान जहाँको त्यहीं

झन्डै एक दर्जन अनुसन्धान टोली खटियो । आधा दर्जनभन्दा बढी अनुसन्धान अधिकृत फेरिए । यो अवधिमा कञ्चनपुर प्रहरी प्रमुख एसपी पनि चार जना फेरिए । एक वर्षसम्म निरन्तर विभिन्न किसिमका आन्दोलन र दबाबमूलक कार्यक्रम चलिरहे । तर, बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा अझै पत्ता लाग्न सकेका...बाँकी

बागमती प्रदेशका अधिकांश सडकखण्डमा एकतर्फी सवारी सुचारु

दुई दिनअघि अविरल वर्षासँगैको पहिरोका कारण अवरुद्ध भएका अधिकांश सडकखण्डहरूमा एकतर्फी सवारी सुचारु भएको छ । बागमती प्रदेशको २८ स्थानमा पहिरोका कारण पूर्ण अवरुद्ध भएका सडक खण्डहरूमध्ये दर्जनभन्दा बढीमा एकतर्फी सवारी सुचारु भएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सुदीप गिरीले जानकारी दिए । उनका अनुसार नारायणगढ–मुग्लिन सडकखण्डको चार र...बाँकी

बढी भाडा लिने भाडाका सुमोलाई मकवानपुर प्रहरीले नियन्त्रणमा

हेटौंडाः यात्रुसँग बढी भाडा लिने भाडाका सुमोलाई मकवानपुर प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त जाँचटोलीले त्रिभुवन राजपथ अन्तर्गत हेटौंडा–१ को विभिन्न स्थानमा हेटौडाबाट काठमाडौंतर्फ जाने भाडाका सुमोहरुले यात्रुसँग बढी भाडा लिएको पाइएकोले नियन्त्रण लिएको मकवानपुर प्रहरीले जनाएको छ...बाँकी

क्याम्पाचौरमा वृक्षरोपण

हेटौंडाः अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब इन्टरनेशनलमा आवद्ध लायन्स क्लब अफ हेटौंडा इन्टलेक्चुअलले शनिबार बिहान हेटौंडा–५, क्याम्पाचौरमा वृक्षरोपण कार्यक्रमको आयोजना गरेको छ । क्लबका अध्यक्ष भानुभक्त थपलियाको अध्यक्षता तथा लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ का गभर्नर शम्भु नकर्मीको प्रमुख आतिथ्यमा वृक्षरोपण कार्यक्रम भएको हो । कार्यक्रममा वडा अध्यक्ष राजेश...बाँकी

हेटौंडाका चार जनाले कोरोना जिते

हेटौंडाः कोरोना भाइरस संक्रमणमुक्त भएका ४ जना आज हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डबाट डिस्चार्ज भएका छन् । हेटौंडा–५ का २१ वार्षीय एक दम्पत्ति र वडा नम्बर १४ का २६ वर्षीय एक दम्पत्तिको दोस्रो पटक कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको आइसोलेसनका इन्चार्ज भोला चौलागाईले बताउनुभयो । होम क्वारेन्टिन, गोरक्षश्वर...बाँकी

रञ्जन कोइरालालाई पक्राउ गराउने मकवानपुरको टिस्टुङकी स्थानीयको बयान

म त्यति बेला टिस्टुङ गाविस महिला सञ्जालको अध्यक्ष थिएँ। अहिले त टिस्टुङ पनि थाहा नगरपालिकामा गाभिएको छ। एक जना बूढी आमालाई एक शिक्षकले राति जाँड खाएर कुटपिट गरेको निवेदन आएको थियो। दोषीलाई गाविसमा बोलाएर छलफल गराउने भयौं। हामीले ती शिक्षकलाई छलफलमा उपस्थित हुन आउनू भनी पत्र काट्यौं, तर पत्र पुर्‍याइदिने...बाँकी

मकवानपुरगढी गाउँपालिकाले गाउँलेलाई जोगाउनका लागि २ ठाउँमा अर्थिङ

कुमारी स्याङ्बो हेटौंडा÷मकवानपुर जिल्लामा वर्षपिच्छे चट्याङवाट मानिसहरु मर्ने गर्छन् । घाईते पनि हुने गर्छन । गाई,वाख्रा पनि मर्ने गरेका छन । वर्षायाम लागेपछि सवैलाई चट्याङको डर हुने गरेको छ । मकवानपुरका जिल्लाका वासिन्दाहरु आकांशका गड्यागुड्«ङ गर्ने बितिक्कै डराउने गर्छन् । सरकारले मकवानपुरलाई चट्याङ धेरै पर्ने जिल्लाको लिष्टमा राखेको छ ।...बाँकी

हेटौंडा २ का आयुर्वेद औषधालयमा सेवाग्राही वढ्दै

कुमारी स्याङ्बो हेटौंडा÷ जडीवुटी सेवन गर्ने र आयुर्वेदीको औषधीबाट उपचार गराउनेको संख्या क्रमशःबढदै गएको छ । कोराना संक्रमणपछि झन् यो क्रम बढेको छ । हेटौडा उपमहानगरपालिका—२ स्थित हेटौंडा आयुर्वेद औषधालयमा चालु आवको असार सम्म ८ हजार ८ सय ७० जनाले स्वास्थ्य सेवा लिएका छन् । गत आव २०७५÷०७६ मा ७...बाँकी